आईपीएलको फाइनल आज : मुम्बई र चेन्नाई भिड्दै

आईपीएलको फाइनल आज : मुम्बई र चेन्नाई भिड्दै

काठमाडौं, २९ वैशाख । आईपीएल क्रिकेटको उपाधि भिडन्त आज हुदैंछ । फाइनलमा महेन्द्रसिंह धोनीको चेन्नाई सुपर किंग्स र रोहित शर्माको मुम्बई इण्डियन्स भिड्दैछन् ।

हैदरावादमा हुने यो फाइनल खेल नेपाली समय अनुसार साँझ ७:४५ मा शुरु हुने छ ।  मुम्बईले चेन्नईलाई पराजित गर्दै फाइनलमा पुगेको छ भने चेन्नईले दिल्ली क्यापिटल्सलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

चेन्नई र मुम्बई दुवैले तीन-तीन पटक आइपिएलको उपाधि जितेका छन् । तर अहिलेसम्म १२औ संस्करणसम्म आइपिएल सम्पन्न हुनेक्रममा चेन्नई आठौ पटक फाइनल खेल्दै छ । २०१६ र २०१७ मा सस्पेन्ड भएका कारण नखेलेको चेन्नई १० सिजनमा आठ पटक फाइनलमा पुगेको छ भने दुई पटक पनि प्लेअफ खेलेर बाहिरिएको थियो ।

अहिलेसम्म फाइनलमा को को पुगे ?

१. २००८ फाइनल : राजस्थान रोयल्स (विजेता)-चेन्नई सुपरकिंग्स (उपविजेता)
२. २००९ फाइनल : डेक्कन चार्जर (विजेता) – रोयल च्यालेन्जर्स बैंगलोर (उपविजेता)
३. २०१० फाइनल : चेन्नई सुपरकिंग्स (विजेता) – मुम्बई इण्डियन्स (उपविजेता)
४. २०११ फाइनल : चेन्नई सुपरकिंग्स (विजेता) – रोयल च्यालेन्जर्स बैंगलोर (उपविजेता)
५. २०१२ फाइनल : कोलकोता नाइटराइडर्स (विजेता) –चेन्नई सुपरकिंग्स (उपविजेता)
६. २०१३ फाइनल : मुम्बई इण्डियन्स (विजेता) – चेन्नई सुपरकिंग्स (उपविजेता)
७. २०१४ फाइनल : कोलकोता नाइटराइडर्स (विजेता) – किंग्स इलेभेन पंजाव (उपविजेता)
८. २०१५ फाइनल : मुम्बई इण्डियन्स (विजेता) – चेन्नई सुपरकिंग्स (उपविजेता)
९. २०१६ फाइनल : सनराइजर्स हैदरावाद (विजेता) – रोयल च्यालेन्जर्स बैंगलोर (उपविजेता)
१०. २०१७ फाइनल : मुम्बई इण्डियन्स (विजेता) – राइजिङ पुने सुपरजाइन्ट (उपविजेता)
११. २०१८ फाइनल : चेन्नई सुपरकिंग्स (विजेता) – सनराइजर्स हैदरावाद (उपविजेता)
१२. २०१९ फाइनल : चेन्नई सुपरकिंग्स – मुम्बई इण्डियन्स