सरकारले राष्ट्रपतिलाई महारानी बनाए पनि संविधानले दिदैन : वरिष्ठ नेता पौडेल

सरकारले राष्ट्रपतिलाई महारानी बनाए पनि संविधानले दिदैन : वरिष्ठ नेता पौडेल

काठमाडाैं, २८ वैशाख । नेपालमा अहिलेको राजनीति व्यवस्थामा केपी ओलीले दिएको जवाफ अधिनायकवाद तर्फ उन्मुख छ । सरकारले राष्ट्रपति विद्या भण्डारीलाई महारानीको दर्जा दिएपनि संविधानले दिदैन । प्रक्रिया नपु्याईकन जे पायो त्यही दुई तिहाई हुँदा पनि गर्न सक्दैन ।

अख्तियार, अदालत, लोकसेवा, जस्ता संवैधानिक अंगलाई निरर्थक बनाउने प्रयासमा ओली सरकार लागेको छ । यो संवैधानिक अंगमाथिको हस्तक्षेप हो । हामीले ७० वर्षसम्म लडेर यो व्यवस्था ल्याएका हौ । यसको रक्षा गर्न नेपाली कांग्रेस तयार छ । हामीसंग लोकतन्त्रको रक्षा गर्ने आत्म शक्ति र राजनीति नैतिक साहस छ । त्यसको लागि पार्टीलाई जगाउन जरुरी छ ।

अहिले ओली सरकार संस्थागत भ्रष्टाचार लागेको छ । कसैलाई दोषि हो भनेर संसदको समितिले भन्छ तर प्रधानमन्त्री आफैले संसदीय समितिले दोषि भनेकालाई निर्दोष भन्दै हिड्छन् । यसरी दोषि र निर्दोषी भन्ने उनी अख्तियारको प्रमुख हुन कि अदालतको न्यायधीश । त्यसैगरि वालुवाटार जग्गा प्रकरणमा पनि के आधारमा प्रधानमन्त्रीले निर्दोष भनेका हुन् ? नेपाली कांग्रेस कसैलाई जोगाउने कसैलाई फसाउनुपर्छ भन्ने पक्षमा छैन । कांग्रेस दोषि जो कोहि भएपनि कारवाही हुनुपर्छ भन्नेमा हो । कानुनी सवै प्रक्रिया भताभुंग पारेर दोषिलाई जोगाउने चेष्टा सरकारले नगरे हुन्छ । कम्युनिष्टले पक्षपातको शासन लागू गर्न खोजेका छन् । यो कुरा नेपाली कांग्रेसलार्य सह्य छैन ।

नेपाली कांग्रेस हुँदा सम्म लोकतन्त्रलाई घुँडा टेक्न दिदैन । त्यो सपना शासकहरुले नदेखे हुन्छ । हिजो कांग्रेसले संसदमा खेलेको भूमिकाले प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएर सरकार छोड्न बाध्य भएका थिए । नेपाल कुनै मुलुकको उपनिवेश होइन । केपी ओलीले सत्य लुकाउन असत्यको प्रचार गरियो भन्दै आउनुभएको छ । मुलुकको कार्यकारी प्रधानमन्त्री भन्न सक्नुपर्छ असत्यको प्रचार भयो भने प्रचार के हो त ?

अब पार्टीका कार्यकर्ताले गम्भिरतापूर्वक सोच्ने बेला आएको छ । हामी नेतामा नैतिक शक्ति हुन जरुरी छ । सत्ताले मान्छेलाई भ्रष्ट बनाउछ भन्ने । तर नेपाली कांग्रेसमा यो छैन । यसको उदाहरण सुशील कोइराला हो । कांग्रेस कार्यकर्ताले शीर निहु¥याएर हिड्नु पर्दैन । अब महिलाले हरेक घरमा एउटा महिला संघको सदस्य र हरेक टोलमा महिला संघको समिति बनाउनुपर्छ । यो भएमात्रै कांग्रेसको जीत संभव छ । नेताहरुले कार्यकर्ताको र कार्यकर्ताले नेता मुल्याङकन गर्न जरुरी छ । कांग्रेसमा सुधार तलबाट होइन माथिबाट हुनुछ । तर तलका कार्यकर्ताले पनि विवेचना गर्न जरुरी छ ।