संसदीय मर्यादाविपरीतका शब्द हटाउन सभामुखको निर्देशन

संसदीय मर्यादाविपरीतका शब्द हटाउन सभामुखको निर्देशन

काठमाडौं, २७ वैशाख । तीन दिनअघिको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री र काँग्रेस सांसदबाट व्यक्त संसदीय मर्यादाविपरीतका शब्द संसदको अभिलेखबाट हटाइएको छ । आजको प्रतिनिधि सभा बैठकको सुरुमै सभामुख कृष्णबहादुर महराले अघिल्लो बैठकमा प्रधानमन्त्री र सांसदहरू दुवै पक्षबाट प्रयोग भएका त्यस्ता शब्द अभिलेखबाट हटाउन निर्देशन दिनु भएको हो ।

सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीको स्पष्टीकरण र जिज्ञासाका क्रममा व्यक्त भएका संसदीय मर्यादा अनुकूल नभएका शब्द अभिलेखबाट हटाउन सभामुखले सचिवालयलाई निर्देशन दिनु भएको हो ।

सभामुखले निर्देशन दिएलगत्तै नेकपाका सांसद खगराज अधिकारीले नियमात्ति गर्दै त्यस दिन प्रधानमन्त्रीविरुद्ध गैरसंसदीय शब्द धेरै प्रयोग भएको भन्दै सबै हटाइनुपर्ने धारणा राख्नुभयो । लगतै सभामुख महराले आफूले प्रधानमन्त्री र काँग्रेसका सांसद्का संसदीय मर्यादाविपरीतका शब्द हटाउन भनेको स्मरण गराउनु भएको थियो ।