अनुष्का श्रेष्ठ बनिन् मिस नेपाल

अनुष्का श्रेष्ठ बनिन् मिस नेपाल

काठमाडाैं, २७ वैशाख । मिस नेपाल वल्र्ड २०१९ को टाइटल अनुष्का श्रेष्ठले जितेकी छिन् । हिजाे बिहीबार राती सम्पन्न फाइनलमा अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनी उपाधि जित्न सफल भएकी हुन् ।

यसैगरी मिस नेपाल इन्टरनेशनल मिरा कक्षपति, मिस नेपाल अर्थ रिया बस्नेत, मिस नेपाल युनिभर्स २०१९ प्रदिप्ता अधिकारी र मिस नेपाल सुपर नेशनल रोज लामा बन्न सफल भएका छन् ।

उत्कृष्ट सातमा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदीप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मीरा कक्षपति पुगेका थिए ।

प्रमुख निर्णायक इला शर्माले अन्तिम सातमा पुगेका प्रतियोगीलाई अधिकार र स्वतन्त्रताको माग गर्नुअघि काम र जिम्मेवारी पूरा गरेमा हामी संसारलाई अझै राम्रो बनाउन सक्छौं । तपाईं के सोच्नुहुन्छ ? भन्ने प्रश्न सोधेकी थिइन् ।

अनुष्काले अधिकार र कर्तव्य एक सिक्काका दुई पाटा भएको बताउँदै नागरिक, व्यक्ति, साथी र जीवनसाथीले आफ्नो जिम्मेवारीको महसुस गरेमा मात्र अधिकारको भागीदार हुने जबाफ दिएकी थिइन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल प्रतियोगिताको यो २५ औं संस्करण हो । गतवर्ष मिस नेपाल मिस नेपाल वल्र्ड श्रृङ्खला खतिवडा बनेकी थिइन् ।