बैशाख २६, बाँके ।राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजना र हेफर इन्टरनेशलनको बित्तिय सहयोगमा बाँकेको नेपालगंजमा ३ दिवसिय सहकारी ब्यवस्थापन तालिम सुरु भएको छ ।
तालीम उद्घाटन समारोह बैंकका संचालक सदस्य बिजया धितालको अध्यक्षता तथा हेफर इन्टरनेशनलको नेपालगंज क्षेत्र प्रमुख कृष्ण कंटेलको प्रमुख आतिथ्यता एबं कार्यक्रम अधिकृत प्रदिप शर्माको आतिथ्यतामा शुरुवात भएको थियो |बाँके र बर्दिया जिल्लाका सहकारीका संचालक कर्मचारी तथा सहकारीक क्षमता बिकास सहजकर्ता (सि.सि.वि.एफ.) गरी २५ जनाको सहभागिता रहेको तालीम होटल रोयल प्यालेस नेपालगंजमा सञ्चालन भैरहेको छ भने तालिमलाई राष्ट्रिय सहकारी बैंकका प्रशिक्षक नारायण बेल्बासेले सहजिकरण गरीरहनुभएको छ ।