काठमाडाैं, २५ वैशाख । भाग्यकाे चिठ्टा अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा सार्वजनिक भएको छ ।गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन भरिएको थियो । ईडीभीको नतिजा नेपाली समय अनुसार हिजाे बेलुका ९ बजेर ४५ मिनेटमा सार्वजनिक भएको थियो ।
नतिजा https://www.dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ । डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ । ईडीभी आवेदन भरेका अधिकांशले हेरिरहेकाले वेबसाइट भने खुल्न सकिरहेकाे छैन । तपाईले आवेदन दिएकाे स्थानमा पुगेर पनि नतिजा थाहा पाउँन सक्नुहुनेछ । ईडीभीका विजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरू गर्नेछन् ।