

ललितपुर, बैशाख २४।राष्ट्रिय सहकारी बैंक लिमिटेड मुख्य शाखा कार्यालय ललितपुरको आयोजनामा संचालित तिन दिने पर्ल्स बिश्लेषण तालीम आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ।
त्रिपुरेश्वर स्थित World Trade Center को सभाहलमा सम्पन्न भएको कार्यक्रमको समापन समारोहमा बैंकका तालीम विभागका प्रमुख रामबाबू आचार्यको आतिथ्यता रहेको थियो, उक्त अबसरमा बोल्दै आचार्यले सहकारीमा हुने कारोवारलाई बिधि संगत सञ्चालन गर्न पर्ल्स विश्लेष्ण तालीम महत्वपूर्ण हुने हुदा यस तालीममा सीकेका विषयहरु ब्यबहारमा ल्याई आफ्नो कार्य दक्षता बढाऊन सहभागीलाई आग्रह गर्नुभयो |
बैंकको मुख्य शाखा प्रमुख सुनील महर्जनको संचालनमा शुरू भएको कार्यक्रमलाई अनिल बिर बज्राचार्यले सहजीकरण गर्नुभएको थियो |ललितपुर क्षेत्रका २० सहकारी संघ/संस्थाका २२ जना सहकारीकर्मीहरुको सहभागीतामा तालीम सम्पन्न भएको बैंकको मुख्य शाखाका कर्मचारी शिव पण्डितले जानकारी दिनुभयो ।