वंशजको नागरिकता दिने गृहको परिपत्र रोक्न सर्वोच्चको आदेश

वंशजको नागरिकता दिने गृहको परिपत्र रोक्न सर्वोच्चको आदेश

काठमाडौं, वैशाख २४ : सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता पाएकाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन गृह मन्त्रालय गरेको परिपत्र कार्यान्वयन नगर्न  अन्तरिम आदेश दिएको छ। 

न्यायाधीशद्वय ईश्वर खतिवडा र शुष्मलता माथेमाको इजलासले मंगलबार जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गरेको पत्राचार कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। न्यायाधीशद्वय खतिवडा र माथेमाको इजलासले नागरिकताका विषयमा गम्भीर कानूनी प्रश्न उठेकाले पूर्ण इजलासमा पठाउने र पूर्ण इजलासबाट सुनुवाई भएर आदेश जारी नभएसम्म गृह मन्त्रालयको परिपत्र कार्यान्वयनमा रोक लगाउने आदेश पनि दिएको छ।

अधिवक्ता बालकृष्ण न्यौपानेले जन्मसिद्ध नागरिकता पाएकाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन गृहमन्त्रालयले गरेको परिपत्र खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।