सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं, २४ वैशाख ।सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको नीति तथा कार्यक्रम  बहुमतबाट पारित भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सरकारले आर्थिक वर्ष २०७६–७७ का लागि  ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। तर, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्र सांसद प्रेम सुवालले भने विपक्षमा मत दिएका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २० गत संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।आइतबार ५४, सोमबार ६३ र मंगलबार ६ जना सांसदहरुले नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए । नीति तथा कार्यक्रम पारित भएपछि संसद बैठक ३ दिनका लागि स्थगित गरिएको छ । अब संसद बैठक वैशाख २७ गते ११ बजे बस्नेछ ।