शेयर बजार:सामान्य अङ्कले वृद्धि

शेयर बजार:सामान्य अङ्कले वृद्धि

काठमाडौं ,२४ वैशाख । साताको तेस्रो  दिन आज  (मंगलबार) नेप्सेमा  सामान्य अङ्कले वृद्धि भएको छ ।नेप्से आज एक दसमलव ८७ अंकले बढेर १३ सय एक दसमलव २८ बिन्दुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव २७ अंकले बढेर दुई सय ७९ दसमलव २४ बिन्दुमा चढेको छ ।

एक सय ७६ वटा कम्पनीहरुको आठ हजार पाँच सय ५४ वटा कारोवारमा २५ लाख २० हजार सात सय ९० कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ७२ करोड ८८ लाख २८ हजार सात सय ४५ रुपैयाँ पुगेको छ ।नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा दुई वटा समुहको सुचक घटेकाछन भने आठ वटा समुहको सुचक बढेकाछन । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दसमलव ५६ अंकले घटेर ११ सय ७५ दसमलव ३१ बिन्दुमा झर्दा फाईनान्स समुहको सुचक पनि घटेको छ । बिकास बैंक समुहको सुचक भने दुई दसमलव दुई अंकले बढेर १५ सय ६४ दसमलव १० बिन्दुमा चढ्दा जलबिद्युत समुहको सुचक पनि एक दसमलव ३७ अंकले बढेर ११ सय ८३ दसमलव आठ बिन्दुमा चढेको छ ।

यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि पाँच दसमलव २३ अंकले बढेर पाँच हजार आठ सय नौ दसमलव २३ बिन्दुमा चढेको छ । यि बाहेक जीवन बीमा, होटल, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचक पनि बढेकाछन् ।आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको हिमालयन डिष्ट्रिलरी प्रालिको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले बढेर १६ सय ५० रुपैयाँमा कारोवार भएको छ भने गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको पाँचथर पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ६२ पैसाले घटेर दुई सय १६ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल क्रेडिट एण्ड कर्मस बैंकको प्रतिकित्ता दुई सय ४८ रुपैयाँ अन्तिम मुल्यमा पाँच करोड ९४ लाख ६८ हजार एक सय २८ रुपैयाँको कारोवार भएको छ ।