दोषी ठहरिए कारवाही भोग्न तयार छु : महासचिव पौडेल

दोषी ठहरिए कारवाही भोग्न तयार छु : महासचिव पौडेल

काठमाडौँ,२३ वैशाख ।नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले ललिता निवास जग्गा प्रकरणको यथार्थ छानबिनका लागि माग गरेका छन् ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको आजको छलफलका क्रममा उनले ललिता निवास जग्गा प्रकरणमा दोषी ठहरिए जुनसुकै सजाय भोग्न पनि आफू तयार रहेको उनले स्पष्ट पारे ।महासचिव पौडेलले भने, “ललिता निवास जग्गा प्रकरणमा केही नेतासहित मेरो पनि नाम जोड्ने प्रयास भएपछि यस विषयमा विज्ञप्तिमार्फत आफूले स्पष्ट गरिसकेको छु ।”

महासचिव पौडेलले भने, “ नीति तथा कार्यक्रमले जनतासँग गरिएको प्रतिबद्धता अनुरुप तीव्र आर्थिक विकास हासिल गर्न योगदान दिनेछ, समृद्धिका लागि योगदान पु¥याउनेछ र क्षेत्रगत विकासका योजना अघि सारेको छ ।”उ