आरोहणमा गएका पर्यटकलाई सुरक्षित रहन आग्रह

आरोहणमा गएका पर्यटकलाई सुरक्षित रहन आग्रह

काठमाडौँ,वैशाख २० गते । नेपाल पर्यटन विभागले पर्वतारोहणका लागि विभिन्न हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको छ ।

विभागको होटल तथा पर्वतारोहण शाखाले आज एक विज्ञप्ति जारी गरी जल तथा मौसम विज्ञान विभाग तथा मौसमविद्का अनुसार हिमाली क्षेत्रमा भारी हिमपात हुनसक्ने पूर्वअनुमानलाई दृष्टिगत गर्दै पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको हो ।‘नेपालका विभिन्न क्षेत्रका भ्रमणमा रहेका तथा पर्वतारोहणका लागि विभिन्न हिमाल गएका पर्यटक तथा पर्यटकलाई व्यवस्थापन गर्ने संस्थालाई प्रतिकूल मौसमको ख्याल गरी आफू र आफ्ना पर्यटकलाई सुरक्षित ठाउँमा राख्न आग्रह गर्दछौँ,’ –विज्ञप्तिमा भनिएको छ ।