

काठमाडौं,बैशाख १९ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ ।निगमले राती १२ बजेबाट लागु हुने गरि पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको हो ।
निगमले पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा १/१ रुपैयाँ मुल्य बढाएको छ ।तर हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको खुद्रा विक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलमा १११ रुपैयाँ ५० पैसा पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य ९८ रुपैयाँ पुगेको निगमका प्रवक्ताले जानकारी दिएका छन् ।
पछिल्लो समय अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनु परेको निगमको भनाइ छ ।