स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति भण्डारी आज स्वदेश फिर्ता

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति भण्डारी आज स्वदेश फिर्ता

काठमाडौं, १८ वैशाख । चीनको राजकीय भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारी पूर्वनिर्धारित समयअगावै आज स्वदेश फर्किएकी छन् ।

स्वास्थ्यमा अचानक समस्या देखिएपछि भ्रमण छोट्याएर उनी स्वदेश फर्किएकी हुन् ।चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा चीनको दोस्रो बेल्ट एन्ड रोड फोरममा भाग लिन वैशाख ११ गते त्यसतर्फ गएकी भण्डारी एकदिन अगावै बुधबार काठमाडौं अवतरण गरेकी हुन् । उनलाई स्वागत गर्न विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सभामुख कृष्णबहादुर महरासहितका उच्च पदाधिकारी पुगेका थिए ।

राष्ट्रपति भण्डारीले सोमबार चिनियाँ समकक्षी सीसँग औपचारिक भेटवार्ता गरेकी थिइन् । भ्रमणको पूर्वनिर्धारित कार्यक्रमअनुसार भण्डारी बिहीबार स्वदेश फर्किने कार्यक्रम थियो ।उनी मंगलबार चीनको स्वशासित क्षेत्र तिब्बत पुगेकी थिइन् ।