

काठमाडौँ, १७ वैशाख। साफ यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा हुने भएको छ ।
काठमाडौंमा आज बसेको दक्षिण एसियाली फुटबल महासंघको साधारण सभाबाट साफ यु–१८ पुरुष फुटबल च्याम्पियनसिपकाे जिम्मा नेपालले पाएकाे हाे ।प्रतियोगिता सन् २०१९ को सेप्टेम्बर २० देखी २९ सम्म काठमाडौंमा हुनेछ । यसका साथै बैठकले यस बर्ष उमेर समुहका तीन प्रतियोगिता गर्ने निर्णय गरेको छ । जसमा पुरुषको साफ यु–१५ च्याम्पियनसिप अगष्ट २२ देखि ३१ सम्म भारतमा र महिलाको साफ यु–१५ च्याम्पियनसिप भुटान वा बंगलादेश मध्य एक देशलाई दिने निर्णय गरेकाे छ ।
यसअघि बसेको साधारण सभाले श्रीलंकाको कोलम्बोमा बस्ने तय भएको थियो । तर कोलम्बो स्लामिक स्टेटको आक्रमणमा परेपछि बैठक काठमाडौंमा सारिएको हो ।