वैशाख १७, काठमाडौँ । सरकारले प्रदेश नं.१ को सम्पर्क राजधानी धनकुटालाई तोकेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ।
यसअघि पूर्वाञ्चल विकासक्षेत्रको क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने गरी निर्णय भएको प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए ।यसैगरी प्रदेश १ को यातायात कार्यालय पनि धनकुटामै राख्ने निर्णय प्रदेश सरकारले गरेको छ ।