

काठमाडाैं, १६ वैशाख ।रेडियो कान्तिपुरले ‘रेडियो अन ह्वील्स’ को तेस्रो शृंखला सुरु गर्ने भएको छ । गत वर्षझैं यसपालि देशका १३ सहरमा यो कार्यक्रम हुनेछ । बैशाख २० मा धरानबाट सुरु हुने कार्यक्रम दमक, इटहरी, विर्तामोड, विराटनगर, वीरगन्ज, नारायणगढ, बुटवल, सुर्खेत, धनगढी, नेपालगन्जयसमा स्थानीयसँग अन्तरक्रिया गर्दै तीसँग सम्बन्ध बिस्तार गर्न चाहेको रेडियो कान्तिपुरका स्टेशन म्यानेजर दिनेश डीसीले अवगत गराए ।
उनले रेडियो कार्यक्रमलाई नयाँ शैलीबाट प्रस्तुत गर्न लागेको बताए । ‘अचेल रेडियो सुन्ने बानी कम हुँदै गएको छ,’ उनले भने, ‘हामी यसको अस्तित्व पुनः ताजा गराउन खोज्दै छौं । रेडियो कान्तिपुरको रिब्रान्डिङ गर्ने उद्देश्य पनि हो ।’गीत, संगीत, प्रहसन र अन्य रोचक गेम सोहरू समावेश गरिने कार्यक्रममा गायिका कुन्ति मोक्तान, टिका प्रसाइँ र गायक कमल खत्रीको साथ रहनेछ । उनीहरुले आफ्नो लोकप्रिय गीतमार्फत् दर्शकलाई मनोरञ्जन दिनेछन् । २५ लाख बढी फलोअर्स रहेको रेडियो कान्तिपुरको फेसबुक पेजबाट कतिपय कार्यक्रम लाइभ गरिने डिसीले जानकारी दिए । र पोखरापछि काठमाडौं आइपुग्नेछ ।