सन्दिपको दिल्ली आईपीएलको प्लेअफमा

सन्दिपको दिल्ली आईपीएलको प्लेअफमा

एजेन्सी, १५ वैशाख । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको प्लेअफमा प्रवेश गरेको छ ।  १ सय ८८ रनको लक्ष्य पछ्याएको बैंगलोरले ७ विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सक्यो ।

आज भएको खेलमा बैंगलोरलाई १६ रनले हराएको हो । याे स‌गै दिल्लीले १२ खेलबाट १६ अंक जोड्दै प्लेअफमा स्थान पक्का गरेको हाे । नेपालका सुपर स्टार सन्दिपले आज दिल्लीबाट खेल्ने मौका पाएका थिए । तर ३ ओभर बलिङ गरेका उनले विना विकेट ३६ रन खर्चिए । बंग्लोर विरुद्धको खेलमा टिममा परेका सन्दिप लामिछाने महंगो बन्दा विकेट विहिन मात्र बनेन् ।  उनलाई टिमले पुरै ४ ओभर बलिङ गर्न समेत दिएन ।