काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले आज बलियो टिम अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ । म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार सवा तीन बजेदेखि सुरु हुनेछ ।
प्रतियाेगिता कै सर्वाधिक बलियो टोली अष्ट्रेलियाविरुद्ध नेपालकाे लक्ष्य बराबरीमा राेक्नु नै हुनेछ । तर त्याे लक्ष्य नेपालका लागि सजिलाे भने छैन । चीनमा एक साता अभ्यास गरेको नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रने छ ।
समूह ‘ए’ कै सर्वाधिक बलियो टोली अष्ट्रेलियाविरुद्ध नेपाल कम्तिमा बराबरी खेल्ने लक्ष्यसहित मैदान उत्रने छ । अष्ट्रेलियालाई रोक्दै नेपाल सुखद सुरुवात गर्ने योजनामा हुनेछ ।
फिफा वरियतामा १२० औं स्थान माथिको अष्ट्रेलियालाई रोक्न नेपाललाई कठिन चुनौती भने हुनेछ । फिफा वरियतामा अष्ट्रेलिया ४१ औं स्थानमा रहेको छ । नेपाल भने १६० औं स्थानमा रहेको छ । त्यसैले अष्ट्रेलियाविरुद्ध नेपाल कम गोल खाने प्रयासमा समेत हुनेछ ।
नेपाली टोली :
गोलकिपर : अन्जना राना मगर, रेबिका राई, उषा नाथ ।
डिफेण्डर : निशा थोकर, रोजिना श्रेष्ठ, सुष्मा महर्जन, समिक्षा घिमिरे, बिमला विश्वकर्मा, पुजा राना मगर, सलोनी राना मगर, सबिता राना मगर ।
मिडफिल्डर : सरु लिम्बु कप्तान, मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता बैद्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती ।
स्ट्राइकर : रश्मी कुमारी घिसिङ, एलिशा जिम्बा, रेखा पौडेल, निर्मला उपाध्याय ।