राजपाको पदाधिकारी बैठक बस्दै

राजपाको पदाधिकारी बैठक बस्दै

काठमाडौं, १३ वैशाख । राष्ट्रिय जनता पार्टी (राजपा)को पदाधिकारी बैठक आज पनि बस्दैछ । महासचिव मनिष सुमनकाअनुसार पार्टी एकीकरण र एकता महाधिवेशनको विषयमा छलफल गर्न बस्न लागेको बैठकमा एक या सामुहिक नेतृत्व भन्नेमा बहस हुनेछ ।

सरकारले गरेको कामको समिक्षासहित आफ्नो धारणा पनि बनाउने राजपाको तयारी छ । बैशाख ७, ८ र ९ गते हुने भनिएको राजपाको महाधिवेशन पछि सरेपनि कहिले गर्ने भन्ने टुङगो लाग्न सकेको छैन । तोकिएको समयमा किन महाधिवेशन गराउन सकिएन, त्यसको समीक्षा पनि बैठकमा हुनुका साथै नयाँ मिति तोक्ने विषयमा समेत छलफल हुने छ । पार्टीमा विशेष एकता अधिवेशन गर्ने प्रस्ताव पनि आएको छ ।