राष्ट्रपति भण्डारी सान्सी प्रान्तको राजधानी सियानमा

राष्ट्रपति भण्डारी सान्सी प्रान्तको राजधानी सियानमा

सियान (चीन), ११ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चिन फिङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा आज अपराह्न सान्सी प्रान्तको राजधानी सियानमा पुग्नुभएको छ ।

उहाँलाई सियानयाङ अन्तर्राष्ट्रिय विमानस्थलमा सान्सी प्रान्तका उपप्रमुख हु मिङलङ तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत हौ यान्छ्रीका साथै सान्सी प्रान्तको विदेश विभागका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी बिहीबारदेखि चीनको राजधानी बेइजिङमा आयोजना हुने दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुनुहुनेछ । साथै उहाँले उक्त मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।