काठमाडौँ, वैशाख ११ गते । धादिङ जिल्लाको नौबिसे आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्प काठमाडौं उपत्यका लगायत वरपरका जिल्लाहरुमा महशुस गरिएको थियो । भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ । विहानै गएको भूकम्पको केन्द्र विन्दु नौविसे रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प मापन केन्द्रका उपप्रमुख मुकुन्द भट्टराईले उक्त भूकम्प विसं २०७२ वैशाख १२ को परकम्प भएको जानकारी दिनुभयो । वैशाख १२ देखि हालसम्म चार रेक्टर स्केलभन्दा बढीका ५०० भन्दा बढी भूकम्पको परकम्प गइसकेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का राजधानीमा महशुस गरिएको थियो । रासस