बैशाख १०,नेपालगंज । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजना र हेफर इन्टरनेशलनको बित्तिय सहयोगमा बाँकेको नेपालगंजमा ५ दिवसिय लेखा तथा सफ्टवेयर संचालन तालिम सम्पन्न भएको छ । बैंकको संचालक समिति सदस्य बिजया धितालको अध्यक्षता, हेफर इन्टरनेशनल नेपालका एसोसियट डाइरेक्टर दुर्गा के.सी.को प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा हेफर इन्टरनेशनलका बरिष्ठ प्रवन्धक बुद्धि खत्री, बजार प्रवन्धक प्रसाद क्षेत्री,नेपालगंज क्षेत्र प्रवन्धक कृष्ण कट्टेल, अधिकृतहरु श्रेष्या खड्का, रुपेश उपाध्याय , राष्ट्रिय सहकारी बैंक कोहलपुर शाखा प्रमुख निता कुमारी थापा, हारति टेक्नोलोजिका बजार प्रवन्धक गम्भीर महर्जन लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्यूठान, दाङ्ग, सल्यान, बाँके, बर्दिया र सुर्खेतका बिभिन्न सहकारी संस्थाका ब्यवस्थापक तथा ६ जना सि.सि.बि. एफ. तथा साझेदार संस्थाका ३ जना लेखापाल गरी ३२ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको समापनमा सहभागिको तर्फवाट बोल्दै अपसरा सामाजिक उधमी महिला सहकारी संस्थाका ब्यवस्थापक झुपा बिष्टले तालिम निकै फलदाई भएको बताउदै यस्तो कार्यक्रम निरन्तर संचालन गर्न सके संस्थाले निधारण गरेका उद्धेश्यहरु सहज रुपमा प्राप्त गर्न सक्ने बताउनु भएको थियो । तालिम राष्ट्रिय सहकारी बैंकका प्रशिक्षक नारायण बेल्वासे र हारती टेक्नोलोजिका बजार प्रवन्धक गंभीर महर्जनको सहजिकरण सम्पन्न भएको छ ।