कांग्रेस नेता ताम्राकारको निधन

कांग्रेस नेता ताम्राकारको निधन

काठमाडौँ,१० वैशाख । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता रामकृष्ण ताम्राकारको निधन भएको छ ।ललितपुरको अल्का अस्पतालमा उपचार गराइरहेका नेता ताम्राकारको आज दिउँसो ३ बजे निधन भएको हो ।

ताम्राकारको स्वास्थ्य स्थिती गंभिर भएपछि चैत अन्तिम साता आईसीयुमा भर्ना गरिएको थियो। ताम्राकार बिगत दुई बर्षदेखि क्यान्सरबाट पीडित थिए ।नेपाली काँग्रेसका केन्द्रीय कोषाध्यक्षसमेत भएका ताम्राकार २०४८ र ५६ मा रुपन्देहीको तत्कालिन क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित थिए । उनले स्वास्थ्य मन्त्रालय र उद्योग, बाणिज्य मन्त्रालय सम्हालेका थिए ।