काठमाडौँ, १० वैशाख–करीब ७ वर्ष लामो प्रेमलाई गएको फागुनमा दाम्पत्य जीवनमा रुपान्तरण गरेका वर्षा राउत र संजोग कोइराला अहिले हनिमुन यात्रामा छन् । केही दिन अगाडि मात्र उनीहरु हनिमुन मनाउन फ्रान्स उडेका थिए । अहिले उनीहरु फ्रान्सको राजधानी पेरिसका रमणीय स्थानहरु धुमधाममा व्यस्त छन् । दुबैले धुमधामको क्रममा खिचिएका तश्बिरहरु सामाजिक सञ्जालमा साझेदार गरिरहेका छन् ।
अभिनेत्री वर्षाले पेरिस पुगेसँगै श्रीमान् संजोगसँगका केही रोमान्टिक तश्बिर आफ्नो आधिकारिक फेसबुकमा साझेदार गरेकी छन् । तश्बिरमा दुबै रोमान्टिक देखिएका छन् । एक तश्बिरमा वर्षालाई संजोगले अंगालोमा लिएका छन् । भने, दोस्रो तश्बिबैबाहिक जीवनमा बाँधिएको करीब डेढ महिनापछि उनीहरु हनिमुन ट्रिपमा निस्किएका हुन् । किनकि, विवाह लगत्तै अभिनेत्री वर्षा फिल्म ‘जात्रै जात्रा’ को छायांकनमा व्यस्त हुनु परेको थियो । यो फिल्मको छायांकन पूरा भएलगत्तै श्रीमान् संजोगसँग उनी हनिमुनका लागि पेरिस उडेकी हुन् ।
गएको शुक्रवार त्रिभुवन विमानस्थलमा श्रीमान् संजोगसँग भेटिएकी वर्षाले हनिमुन ट्रिप करीब तीन साताको हुने बताएकी थिइन् । बैशाख २० मा आउने चलचित्र ‘दाल भात तरकारी’ को प्रमोसनमा सहभागी हुन नपाउने जानकारी गराउँदै उनले जेठ ३ मा रिलिज हुने चलचित्र ‘जात्रै जात्रा’ को प्रमोसनको बेला भने आफू काठमाडौं आइपुग्ने वाचा गरेकी छन् ।रमा वर्षाले संजोगलाई गालामा चुम्बन गरेकी छन् । दुबै तश्बिरको पृष्टभूमिमा एफिल टावर देख्न सकिन्छ ।