आईपीएल क्रिकेटः राजस्थान र मुम्बई, दिल्ली र पञ्जावबीच खेल हुने

आईपीएल क्रिकेटः राजस्थान र मुम्बई, दिल्ली र पञ्जावबीच खेल हुने

एजेन्सी, ७ फागुन । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता अन्र्तगत आज दुई खेल हुने भएका छन् । आज हुने पहिलो खेलमा राजस्थान रोयल्यस र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । जयपुरस्थित सवाईमानसिंह मैदानमा हुने यी दुई टोलीबीचको खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ ।

दोस्रो स्थानमा रहेको मुम्बईले ९ खेलबाट १२ अङ्क जोडेको छ भने आठ खेलबाट ४ अङ्क जोडेको राजस्थान लिगको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

यस्तै आजै हुने दोस्रो खेलमा दिल्ली क्यापिटल्स र किंग्स इलेभन पञ्जावबीच प्रतिस्पर्धा हुनेछ । दिल्लीको फिरोज साह कोटला मैदानमा हुने यी दुई राति ८ बजेबाट सुरु हुनेछ । समान खेल खेलेको दुवै टोलीले समान १० अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा दिल्ली र चौथों स्थानमा पञ्जाव रहेको छ ।

यसअघि हिजो भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले जारी प्रतियोगितामा दोस्रो जित हात पारेको छ । हिजोको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै बैंगलोरले दोस्रो जित हात पारेको हो । बैंगलोरले दिएको २ सय १४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको घरेलु टोली कोलकोत्ताले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन मात्र बनाउन सक्यो । जितसँगै पुछारमा रहेको बैंगलोरले ९ खेलबाट ४ अङ्क जोडेको छ । लिगको छैटौं स्थानमा रहेको कोलकोत्ताले ८ खेलबाट ८ अङ्क जोडेको छ ।