

काठमाडौँ, ६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलियालाई नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा थपलियालाई नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
थपलियालाई बुधबार संसदीय सुनुवाई विशेष समितिले सर्वसम्मत अनुमोदन गरेको थियो । उनलाई गत चैत्र ११ गते बसेको संबैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिश गरेको थियो ।