प्रस्तावित प्रमुख निर्वाचन आयुक्तको सुनुवाई आज

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तको सुनुवाई आज

काठमाडौं, ४ वैशाख । प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाको सुनुवाई आजबाट सुरु हुँदैछ ।

संसदीय सुनुवाई समितिको आज सिंहदरबारमा बस्ने बैठकमा थपलियाको सुनुवाई हुने भएको छ । संवैधानिक परिषदद्वारा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध परेको ६ वटा उजुरी खुला गर्दै दिउँसो २ बजेबाट सुनुवाई सुरु हुनेछ ।

त्यसअघि बिहान ११ बजे भने उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम पनि तय गरिएको समितिले जनाएको छ ।