

काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटमा नेपालले ओमानलाई एक सय ५० रनले हराएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर दुई बलमा दुई सय २९ रन बनायो । शिलानगोर ट्रफ क्लबको मैदानमा नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको ओमान ४४ ओभर १ बलमा अलआउट हुँदै ७९ समेटियो ।नेपालका पवन सर्राफले ३ तथा सुर्य तामाङ र प्रतिष जिसीले समान २/२ विकेट लिए ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ७५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै प्रतिष जिसीले ४१ तथा भिम सार्कीले ३९ रन बनाए । अविशेक बस्नेतले १५ रन जोड्दा रित गौतम १० रनमा आउट भए ।
ओमानका मुजाहिर राजा, संजय रबिन्द्र, जिल तन्ना र अजम अलीले समान २/२ विकेट लिए । ओमानलाई हराएसंगै नेपालले विश्वकपमा छनोट हुने सम्भावना कायमै राखेको छ । दोस्रो स्थानको नेपालले ४ खेलबाट ६ अंक जोडेको छ ।
अब नेपालले अन्तिम खेलमा बिहिबार कुवेतसंग खेल्नेछ ।