काठमाडौँ, ३ वैशाख – गोरखाको भीमसेन गाउँपालिका क्षेत्र आसपास केन्द्र बिन्दु भएर आज ४.५ रिक्टर स्केलको पराकम्प भएको छ ।
आज मध्याह्न १२ बजेर ३५ मिनेट जाँदा गोरखा भूकम्पको पराकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।विसं २०७२ वैशाख १२ को (७.६ रिक्टर स्केल) को गोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५१७ पराकम्प गएका छन् ।(रासस)