बिरगंज, ३ बैशाख । सिन्धुपाल्चोक जिल्लाको बिकट मानिने सुनकोसी गाउपालिकाले पर्सा बाराका हावा हुरिबाट ज्यान गुमाएकाहरुका प्रत्येक परिवारलाई सहयोग स्वरुप नगद रु २१५००/ (एक्काइस हजार पाच सय) प्रदान गरेको छ।
पर्साको बिरगंज महानगर पालिका वडा न. १८ सुखचैनामा हावाहुरीबाट ज्यान गुमाएका सरोज राम का परिवारलाई आज एक कार्यक्रमकाबीच सो नगद रकम हस्तान्तरण गरिएको हो।
पुर्ब सूचना तथा संचार मन्त्री तथा नेपाली कांग्रेस का केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको बिशेष पहलमा आयोजित उक्त कार्यक्रममा पुर्ब मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य फर्मुलाह मन्सुर, नेपाली कांग्रेस पर्सा का सभापति अजय दिवेदी, बाराका पार्टी सभापति जय चन्द चौरसिया, सुनकोशी गाउपालिका अध्यक्ष श्रवण कुमार जि सि, नेपाली कांग्रेस बाकेका जिल्ला सदस्य चुडामणि कडेल, बिरगंज महानगर वडा न १८ का वडा अध्यक्ष ब्रहम्देव प्रसाद यादव, वडा न २१ का बुथ सभापति अनिल श्रीवास्तव, तरुण दल बारा का अध्यक्ष लोकेश सिंह , तरुण दल पर्सा का सचिव बिबेक चौरसिया, क्षेत्रीय अध्यक्ष अनिल यादव, सुनकोशी गाउपालिका का वडा अध्यक्ष रामकुमार थापा लगायत को उपस्थिति रहेको थियो।
यसैबीच बारा जिल्लामा हावाहुरी बाट ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएकाे नेपाल तरुण दल पर्सा का सचिव बिबेक चौरसिया ले जानकारी गराउनु भयो।