एजेज्सी । मलेसियामा जारी आईसीसी १९ वर्षमुनिको एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोटको चौथो खेलमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गरीरहेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ ओभरमा ३५ रन बनाएको छ र २ विकेट गुमाइसकेको छ । ओमानले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।
अघिल्ला तीन खेलमा दुई जित निकालेको नेपालले आजको खेलमा ओमानसँग जित निकालेर विश्वकपमा छनोट हुने सम्भावना जीवित राख्ने योजना बनाएको छ । दोस्रो स्थानको नेपालले ३ खेलबाट ४ अङ्क जोडेको छ । तुलनात्मक रूपमा नेपालभन्दा ओमान कमजोर देखिएको छ । ओमानले ३ खेलमा २ अङ्क जोडेको छ ।