घट्यो अण्डाको मूल्य, प्रतिगोटा १० रुपैयाँ निर्धारण

घट्यो अण्डाको मूल्य, प्रतिगोटा १० रुपैयाँ निर्धारण

काठमाडाैं, ३ वैशाख । अण्डाको मूल्य प्रतिगोटा तीन रुपैयाँ घटेको छ । नेपाल अण्डा उत्पादन सङ्घकाअनुसार अण्डाको बजार सन्तुलन कायम राख्न हिजोदेखि नै लागु हुने गरी मूल्य घटाइएको हो ।

यसअघि प्रतिगोटा १३ रुपैँया पर्ने अण्डाको मूल्य १० रुपैयाँ निर्धारण गरिएको सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले बताउनुभयो ।

नेपालमा हाल दैनिक ५० लाख अण्डा उत्पादन हुने गरेको छ । कँडेलका अनुसार नेपालमा अहिले दैनिक एक करोड ९२ लाख रुपैयाँ नोक्सानी भइरहेको छ । दानाको वर्तमान बजार मूल्य र अन्य खर्चका कारण उत्पादन लागत प्रतिगोटा अण्डाको १० रुपैयाँ ५० पैसा लाग्ने गरेको किसानको भनाइ छ ।