कर्णाली प्रदेशमा‘किसान–सरकार’ हातेमालो कार्यक्रम सञ्चालन

कर्णाली प्रदेशमा‘किसान–सरकार’ हातेमालो कार्यक्रम सञ्चालन

सुर्खेत, ३० चैत – गरीबी न्यूनीकरण गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले ‘किसान–सरकार’ हातेमालो कार्यक्रम सञ्चालनमा ल्याएको छ ।(रासस) 

प्रदेशभित्रका १० जिल्लामा सबैभन्दा बढी गरीब भएका स्थानीय तह र त्यसमा पनि गरीब वडा छनोट गरी त्यहाँ गरीबी न्यूनीकरणका नमूना कार्यक्रम सञ्चालन गर्ने कार्यको थालनी गरिएको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिनुभयो । प्रदेशको कृषि ब्यवसाय, प्रवद्र्धन सहयोग तथा तालीम केन्द्रद्वारा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘प्रदेशस्तरीय योजना तर्जुमा, कार्यविधि निर्माण तथा कार्यान्वयनसम्बन्धी तालीम’ को शुक्रबार समापन गर्दै उहाँले जनताको सेवा गर्नु नै कर्मचारीको अर्जुनदृष्टि हुनुपर्नेमा जोड दिनुभयो ।

भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहनुभएका प्रवक्ता केसीले विगतमा सञ्चालन भएका कार्यक्रमबाट वास्तविक किसानभन्दा पनि बिचौलिया र टाठाबाठा लाभान्वित भएको उल्लेख गर्दै लक्षित वर्गसम्म पुग्ने गरी अबको कार्यक्रम सञ्चालन हुनुपर्ने बताउनुभयो ।