आन्दोलनरत चिकित्सकलाई सरकारको जवाफ : सेवामा नफर्केसम्म छलफल नगर्ने

आन्दोलनरत चिकित्सकलाई सरकारको जवाफ : सेवामा नफर्केसम्म छलफल नगर्ने

काठमाडौं ,चैत ३०- सरकारले आठ दिनदेखिआन्दोलनरत,चिकित्सक सेवामा नफर्किएसम्म उनीहरुको मागमा सकारात्मक हुन नसक्ने जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका चिकित्सकलाई आन्दोलन छाडेर काममा फर्किन र छलफलमा आउन आग्रह गरेको छ ।मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले चिकित्सकको मागप्रति सरकार गम्भीर रहेको तर सेवा सञ्चालन नहुँदसम्म छलफल गर्न नसकिने बताए ।

‘चिकित्सक काममा नफर्केसम्म सरकार उनीहरुको मागप्रति सकारात्मक हुँदैन आन्दोलन छाडेर काममा फर्कपछि छलफल गरी समस्यको समाधान गर्न हामी उद्यत छौँ,’ अधिकारी भने । यो समाचार नयाँ पत्रिकामा   प्रकाशित छ ।