३७ हजार सरकारी कर्मचारी प्रदेश र स्थानीय तहमा अपुग

३७ हजार सरकारी कर्मचारी प्रदेश र स्थानीय तहमा अपुग

काठमाडौं चैत ३०- कर्मचारी समायोजनपछि प्रदेश र स्थानीय तहमा करिब ३७ हजार कर्मचारी अपुग देखिएको छ ।

संघीय मामिला तथा मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले शुक्रबार बसेको संसद्को राज्य व्यवस्था समितिको बैठकलमा सो विषयमा जानकारी गराएको हुन् ।कर्मचारी समायोजनमा देखिएका समस्याबारे छलफल गर्न बसेको बैठकमा समितिका सदस्यहरुले खटाइएको ठाउँमा जान इन्कार गर्दै मन्त्रालयमा निवेदन दिएका करिब १२ हजार असन्तुष्ट कर्मचारी विषयमा जिज्ञासा राखेका थिए ।

यस विषयमा केही सांसदले सरकारले खटाएको ठाउँमा कर्मचारी जानु पर्ने धारणा राखेका थिए भने कहीले संघबाट प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउने व्यवस्था नै संघीयताविपरीत भएको बताएका थिए । यो समाचार  नागरिकमा  प्रकाशित छ ।