यू–१९ विश्वकप छनोट :नेपालकाे शानदार जित,सिंगापुर २१७ रनले पराजित

यू–१९ विश्वकप छनोट :नेपालकाे शानदार जित,सिंगापुर २१७ रनले पराजित

काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ ।नेपालले सिंगापुरलाई २१७  रनको भारी अन्तरले हरायो ।

क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा नेपालले दिएको २८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सिंगापुर ३१ ओभरमा अलआउट हुँदै ६५ रनमा समेटियो ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै २८२ रन बनाएको थियो । सिंगापुरविरुद्ध बनाएको उक्त स्कोर यू-१९ क्रिकेटमा नेपालले बनाएको हालसम्मकै सर्वाधिक ठुलो स्कोर हो ।

खराब सुरुवात गरेको नेपालले मात्र १८ रन जोड्दा २ विकेट गुमाएको थियो । तर, कप्तान रोहित कुमार पौडेल र पवन सरार्फले ९० रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए ।कप्तान रोहितले ९५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान रोहित शतक बनाउन ५ रनले चुके । पवन ४७ रनमा आउट भए ।

यस्तै नेपालका लागि राशिद खानले ४८, कमल सिंह ऐरीले ३१ तथा भिम सार्कीले २६ रन बनाए । सिंगापुरका लागि आथर्भा गुनेले ४ विकेट हात पारे । यस्तै राहुल शर्मा र बिनित मेहेताले समान २-२ विकेट लिए । नेपालसहित ८ टोलीले प्रतिस्पर्धा गर्ने छनोटको शीर्ष टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।

अब नेपालले दोस्रो खेलमा शनिबार युएईसंग खेल्नेछ । नेपालले तेस्रो खेल मलेसियासंग अप्रील १५ मा खेल्दा अप्रील १६ मा ओमानसंग खेल्ने छ ।