यू-१९ विश्वकप छनोटःनेपालद्वारा सिंगापुरलाई २८३ रनको लक्ष्य

यू-१९ विश्वकप छनोटःनेपालद्वारा सिंगापुरलाई २८३ रनको लक्ष्य

काठमाडौं ,२९ चैत। आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि एसिया छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई जितका लागि २८३ रनको लक्ष्य दिएको छ ।

खराब सुरुवात गरेको नेपालले मात्र १८ रन जोड्दा २ विकेट गुमाएको थियो । तर, कप्तान रोहित कुमार पौडेल र पवन सरार्फले ९० रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए ।मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै २८२ रन बनायो ।

 । कप्तान रोहित शतक बनाउन ५ रनले चुके । पवन ४७ रनमा आउट भए ।यस्तै नेपालका लागि राशिद खानले ४८, कमल सिंह ऐरीले ३१ तथा भिम सार्कीले २६ रन बनाए । सिंगापुरका लागि आथर्भा गुनेले ४ विकेट हात पारे । यस्तै राहुल शर्मा र बिनित मेहेताले समान २-२ विकेट लिए ।

नेपालसहित ८ टोलीले प्रतिस्पर्धा गर्ने छनोटको शीर्ष टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।यू-१९ क्रिकेटको इतिहासमा सिंगापुरविरुद्ध नेपाल सधै हावी हुँदै आएको छ । त्यसैले रोहित कुमार पौडेलको कप्तानीमा नेपाललाई पहिलो खेल सहज हुने अनुमान गरिएको छ ।