

चैत्र २८, मोरङ।राष्ट्रिय सहकारी बैक लिमिटेडको प्रबिधिक सहयोग तथा हेफर ईन्टरनेशनलको बित्तिय सहयोगमा दिगोपन सामाजिक महिला उद्यमी सहकारी संस्था लि. कानेपोखरी ७ मोरङको आयोजनामा संचालित नीति तथा कार्यबिधि निर्माण सम्बन्धि ३ दिने कार्यशाला सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रममा स्थानीय कानेपोखरी गाउपालिकाका बडा नं. ७ का बडाध्यक्ष मोहनकुमार अधिकारी, कानेपोखरी सहकारी सञ्जालका सचिव तथा रमाइलो साकोसका अध्यक्ष टंकप्रसाद अधिकारी, हेफरको सहयोगी संस्था अभियान नेपालका हेम श्रेष्ठ र सहकारी बैकका अधिकृत तथा सहजकर्ता सुर्यप्रपाद रिमालले आतिथ्यता गर्नूभएको थियो । समापन कार्यक्रममा बोल्दै बडा अध्यक्ष अधिकारीले महिलाहरुले उद्यमसिलताको बिकास गरि जिवनस्तर बृद्धि गर्न सहकारी महत्वपुर्ण भुमिका खेलेको बताउदै बिभिन्न कार्यक्रममा सहकार्य गरिरहेको र नीति बिधिको आधारमा व्यवस्थति रुपमा संस्था संचालन भएमा अझै बढी सहकार्य गरेर अगाडी बढ्न सकिने बताउनुभयो ।
कार्यक्रमको संचालन सहकारीका सचिव उमा रानामगर तथा अध्यक्षता संस्थाका अध्यक्ष कमला योन्जनले गर्नुभएको थियो । सो कार्यशालाबाट उक्त सहकारीका लागी आवश्यक सदस्यता सम्बन्धी नीति, सञ्चालक सम्बन्धी नीति, साधारण सभा तथा निर्वाचन नीति, बचत नीति, ऋण व्यवस्थापन नीति, मानव संसाधन व्यवस्थापन नीति, आर्थिक प्रशासन तथा लेखा नीति, सम्पत्ति सुद्धिकरण नीबारण नीति तयार गरिएको छ । उक्त सहकारीका सञ्चालक समिति, लेखा समिति, उपसमिति, कर्मचारी तथा सदस्यहरु सहित २५ जनाको सहभागीता रहेको सो ३ दिने कार्यशालाको सहजिकरण बैंकका तालिम अधिकृत सुर्यप्रसाद रिमालले गर्नुभएको थियो ।