कर्जा तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न

कर्जा तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न

चैत्र २६, बिर्तामोड, झापा ।राष्ट्रिय सहकारी बैंक लिमिटेड बिर्तामोड शाखा कार्यालयको आयोजनामा संचालित एक दिने कर्जा तथा जोखिम व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ |

बिर्तामोड आसपास क्षेत्रमा रहेका सहकारी संघ/संस्थाहरुलाई लक्षित गरि संचालित तालिम कार्यक्रममा त्यस क्षेत्रका १२ भन्दा बढी संघ/संस्थावाट ४४ जना सहकारी सहकारीकर्मीहरुको सहभागिता रहेको थियो | कार्यक्रममा झापा जिल्ला सहकारी सघं सह सचिव भवानी प्रसाद दंगाल प्रमुख अतिथि, बैंकको कर्जा विभागका प्रमुख प्रमोद कुमार घिमिरे र बैंकका धितो मूल्याकनकर्ता बिकेंद्र श्रेष्ठको आतिथ्यता रहेको थियो भने कार्यक्रम बैंकको बिर्तामोड शाखा प्रमुख मुना घिमिरेको स्वागत मन्तब्य तथा सञ्चालनमा सम्पन्न भएको थियो |

कार्यक्रम समापन अवसरमा तालीम प्रमाणपत्र प्रदान गर्दै प्रमुख अतिथि दंगालले तालिम कार्यक्रमको आयोजना गरेकोमा सहकारी बैंकलाई धन्यवाद दिदै आगामी वर्षहरुमा पनि यस प्रकारका तालिम कार्यक्रम आयोजना गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो भने कर्णाली बचत तथा ऋण सहकारी संस्था लि का विभागीय प्रमुख मनोहर निरौलाले सहभागीहरुको तर्फवाट बोल्दै तालिम अतन्तै उपयोगी रहेको तथा अवधी छोटो भएकाले पुन यस्तै प्रकारका तालिमको माग गर्नुृ भयो त्यस्तै हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि. चन्द्रगढी सेवा केन्द्र प्रमुख कुसुम सुवेदीले यस्तो प्रकारको तालिम पहिलो पटक लिएको तथा अति महत्वपूर्ण रहेको बताउनु भएको थियो |

कर्जा व्यवस्थापन संग सम्बन्धित धितो कर्जा, लघु कर्जा तथा कर्जामा निहित जोखिम सहित कर्जा संग सम्बन्धित कानुनी कागजात प्रक्रिया समेतका विषयहरु समाबेश गरी सम्पन्न भएको तालीमलाई बैंकका कर्जा प्रमुख प्रमोद कुमार घिमिरे तथा इंजिनियर बिकेंद्र श्रेष्ठले सहजीकरण गर्नु भएको थियो | तालीम कार्यक्रम होटल मुन टावर,शनिश्चरे रोड बिर्तामोडमा संचालन भएको थियो |