काठमाडौं,२६ चैत । साताको तेस्रो कारोवार दिन मंगलबार नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ ।
अघिल्लो दुई दिन उच्च अंकले बढेको नेप्से आज १० दसमलव ५८ अंकले घटेर ११ सय ८१ दसमलव १० बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव १५ अंकले घटेर दुई सय ५२ दसमलव ८५ बिन्दुमा झरेको छ ।एक सय ७० कम्पनीहरुको सात हजार ७० वटा कारोवारमा २७ लाख ८८ हजार आठ सय ८६ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ७३ करोड ५१ लाख ५९ हजार नौ सय ९२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा १० वटै समुहको सुचक घटेको छ । बाँणिज्य बैंक समुहको सुचक नौ दसमलव ३६ अंकले घटेर एक हजार ४८ दसमलव ६१ बिन्दुमा झर्दा बिकास बैंक समुहको सुचक तीन दसमलव ३५ अंकले घटेर १४ सय ७५ दसमलव २७ बिन्दुमा झरेको छ ।जलबिद्युत समुहको सुचक पनि छ दसमलव ८९ अंकले घटेर ११ सय ४३ दसमलव ८० बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि ८६ दसमलव ५७ अंकले घटेर पाँच हजार चार सय पाँच दसमलव ७८ बिन्दुमा झरेको छ ।
यसबाहेक बाहेक जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको कारोवार सुचक पनि घटेकाछन् । आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ५२ पैसाले बढेर एक सय ३८ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको जोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य आठ रुपैयाँ १२ पैसाले घटेर एक सय ४७ रुपैयाँमा कारोवार भएको छ ।
यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेको इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता पाँच सय २७ रुपैयाँ अन्तिम मुल्यमा छ करोड ४१ लाख आठ हजार दुई सय ४८ रुपैयाँको कारोवार भएको छ ।