शेयर बजार:उच्चअङ्कले बृद्धि

शेयर बजार:उच्चअङ्कले बृद्धि

काठमाडौं,चैत २५ ।  साताको दोस्रो दिन कारोवार आज (सोमबार )पनि नेप्सेमा उच्च बृद्धि देखिएको छ ।

नेप्से आज नौ दसमलव ३२ अंकले बढेर ११ सय ९१ दसमलव ६८ बिन्दुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव दुई अंकले बढेर दुई सय ५५ बिन्दुमा चढेको छ ।एक सय ७० वटा कम्पनीहरुको ११ हजार तीन सय ६० वटा कारोवारमा २९ लाख ५१ हजार चार सय ७८ कित्ता सेयर खरिद बिक्री भएकाछन ।

उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ९० करोड ६९ लाख ३६ हजार सात सय ६३ रुपैयाँ पुगेको छ ।  नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा होटल र अन्य समुहको सुचक क्रमश पाँच दसमलव पाँच र दुई दसमलव ५६ अंकले घटेकाछन भने बाँकी समुहको सुचक बढेकाछन् ।

सो मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव ९८ अंकले बढेर एक हजार ५७ दसमलव ९७ बिन्दुमा चढ्दा निजिर्वन बीमा समुहको सुचक पनि एक सय ५३ दसमलव सात अंकले बढेर पाँच हजार चार सय ९२ दसमलव ३५ बिन्दुमा चढेको छ ।यसैगरी जीवन बीमा समुहको सुचक एक सय ६७ दसमलव पाँच अंकले बढेर छ हजार ५२ दसमलव ८२ बिन्दुमा चढेको छ । यि बाहेक जलबिद्युत, बिकास बैंक, फाईनान्स, उत्पादनमुुलक र लघुबित्त समुहको सुचक पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको समिट माईक्रोफाईनान्स बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ८४ पैसाले बढेर छ सय ७० रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको राधी जलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँले घटेर एक सय ६८ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको एनआईसी एशिया बैकको प्रतिकित्ता चार सय ६९ रुपैयाँ अन्तिम मुल्यमा सात करोड २८ लाख ६५ हजार ५६ रुपैयाँको सेयर कारोवार भएको छ ।