काठमाडौं,चैत २४ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्सेमा दोहोरो अंकले बृद्धि देखिएको छ ।नेप्से आज १७ दसमलव १६ अंकले बढेर ११ सय ८२ दसमलव ३६ बिन्दुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ४१ अंकले बढेर दुई सय ५२ दसमलव ९८ बिन्दुमा चढेको छ ।
एक सय ६८ कम्पनीहरुको सात हजार पाँच सय ३२ वटा कारोवारमा १८ लाख ८७ हजार तीन सय ७३ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ५४ करोड ३९ लाख ५५ हजार छ सय ४२ रुपैयाँको कारोवार भएको छ ।
नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको सुचक बढेकाछन भने चार वटा समुहको सुचक घटेकाछन । यसबिचमा अन्य समुहको सुचक भने स्थिर देखिएको छ । बाँणिज्य बैंक समुहको सुचक २८ दसमलव १९ अंकले बढेर एक हजार ५२ दसमलव ९८ बिन्दुमा चढ्दा बिकास बैंक समुहको सुचक पनि १४ दसमलव ९९ अंकले बढेर १४ सय ७६ दसमलव ७९ बिन्दुमा चढेको छ । होटल, फाईनान्स र जीवन बीमा समुहको सुचक पनि बढेकाछन । जलबिद्युत समुहको सुचक भने दुई दसमलव ७५ अंकले घटेर ११ सय ५० बिन्दुमा झरेको छ । यसैगरी निर्जिवन बीमा, उत्पादनमुलक र लघुबित्त समुहको सुचक पनि घटेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको एनआईसी एशिया बैंकको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ ५९ पैसाले बढेर चार सय ६९ रुपैयाँमा कारोवार भएको छ भने गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको युनिभर्सल पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ २५ पैसाले घटेर ९८ रुपैयाँमा कारोवार भएको छ ।
यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको एनआईसी एशिया बैंकको प्रतिकित्ता चार सय ६९ रुपैयाँ अन्तिम मुल्यमा छ करोड २५ लाख ११ हजार एक सय ७० रुपैयाँको कारोवार भएको छ ।