

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ । आईतबार भएको खेलमा दिल्लीले बैंगलोरलाई ४ विकेटले पराजित गरेको हो ।
१ सय ५३ रनको लक्ष्य दिल्लीले ७ बल अगावै ६ विकेट गुमाएर पुरा गर्यो ।आईतबार भएको खेलमा दिल्लीले बैंगलोरलाई ४ विकेटले पराजित गरेको हो ।कप्तान श्रेयस लेयर चम्किदाँ दिल्लीले महत्वपुर्ण जित दर्ता गरेको हो । उनले ६७ रनको उत्कृष्ट पाली खेलेका थिए ।यसअघि बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो ।
बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४१ रन बनाए ।बैंगलोरलाई सस्तैमा समेट्न दिल्लीका कागीसो राबडाले २१ रन खर्चिएर ४ विकेट लिए ।नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ४६ रन खर्चिएर १ विकेट लिए । बैंगलोरविरुद्ध १ विकेट लिएसंगै सन्दीपले टी-ट्वान्टी क्रिकेटमा ५० विकेट पुरा गरे ।