

चैत्र २४, बर्दिबास ।राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय बर्दिबासको आयोजनामा ३ दिन सम्म चल्ने गरी पर्ल्स बिश्लेषण तालिमको शुरुवात भएको छ |
राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय बर्दिबास समन्वय समितिका सदस्य लिलामणी आचार्यको अध्यक्षता, प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक द्वय विश्वनाथ मण्डल, ध्रुव नारायण यादव, जिल्ला बचत संघका अध्यक्ष कृष्ण बहादुर सिंह तथा बर्दिवास सहकारी संजालका अध्यक्ष शंकर कुमार रहनु भएको थियो |
राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय बर्दिबासका शाखा प्रमुख लोकेन्द्र केसीले सञ्चालन गरेको तालीम कार्यक्रममा महोत्तरी र धनुषा जिल्लाका ३४ जना सहकारी संघ/संस्थाको प्रतिनिधीहरुको उपस्थितिमा पानसमा दिपप्रजोलन गरि तालिमको समुद्घाटन बैंकका सञ्चालक विश्वनाथ मण्डल गर्नुभएको थियो भने तालीमलाई अनिल विर वज्राचार्यले सहजिकरण गर्नु भएको छ |तालीम कार्यक्रम बर्दिबासको होटल नमोबुद्धमा चैत्र २६ गते सम्पन्न हुनेछ |