टी-ट्वान्टीमा सन्दीपको ५० विकेट पुरा

टी-ट्वान्टीमा सन्दीपको ५० विकेट पुरा

काठमाडौं,चैत २४ ।  नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टी-ट्वान्टी क्रिकेटमा ५० विकेट पुरा गरेका छन् ।उनी याे काेषेढुंगा पार गर्ने पहिलो नेपाली बलर बनेका छन् ।

रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध विकेट लिएसंगै सन्दीपले ५० विकेट पुरा गरेका हुन् ।सन्दीपले बैंगलोरका मोइन अलीलाई ३२ रनमा आउट गर्दै ५० विकेटको कोशेढुंगा पुरा गरे  ।गत सिजनको आईपीएलबाट टी-ट्वान्टीमा डेब्यु गरेका सन्दीपले एक बर्ष नबित्दै विश्वभरका फ्रेन्चाइज टी-ट्वान्टी लिगमा उत्कृष्ट प्रदर्शन गर्दै ५० विकेट लिए ।

आईपीएलमा डेब्यु गरेपछि सन्दीपले क्यारेबियन प्रिमिएर लिग (सिपिएल), अष्ट्रेलियाको बिग बास लिग (बीबीएल), क्यानाडाको ग्लोबल टी-ट्वान्टी, अफगानिस्तान प्रिमियर लिग लिग, बंगलादेश प्रिमिएर लिग, पाकिस्तान सुपर लिग खेलेका थिए ।