आइपिएल अपडेटःसन्दीपकाे टिम दिल्ली र बेंग्लोर ,राजस्थान र कोलकता भिड्दै

आइपिएल अपडेटःसन्दीपकाे टिम दिल्ली र बेंग्लोर ,राजस्थान र कोलकता भिड्दै

एजेन्सी,चैत २४ । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज  दुई खेल हुँदैछ । आईपीएलमा नेपाली युवा खेलाडी सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरसंग खेल्दैछ । अर्को खेलमा राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

सन्दीपको टिम दिल्ली बैंगलोरविरुद्ध चौंथो जितको खोजीमा रहने छन् । दिल्लीले ५ खेलमा २ जित निकालेको छ । यता, बैंगलोर भने पहिलो जितको खोजीमा हुनेछन् ।बैंगलोरविरुद्ध दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई मैदान उतार्ने सम्भावना बलियो रहेको छ । किनकी सन्दीपले पछिल्लो  ३ खेलमा उत्कृष्ट बलिङ गरिरहेका छन् ।

दिल्लीले सुरुवाती दुई खेलमा भने सन्दीपलाई खेलाएको थिएन् । तर , सन्दीपले पछिल्लो ३ खेलमा उत्कृष्ट बलिङ गर्दै ४ विकेट हात पारीसकेका छन् ।दिल्ली र बैंगलोरबीचको पछिल्लो पाँच खेलमा बैंगलोर बलियो देखिएको छ । पछिल्लो पाँच भेटमा सबै खेल बैंगलोरले जितेको छ ।

बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा दिल्ली र बैंगलोरबीचको खेल दिउँसो ४:१५ मा सुरु हुनेछ । यस्तै राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्सबीचको खेल राति ८:१५ मा सुरु हुनेछ ।