ओलम्पिक महिला फुटबलः नेपाल भारतसँग पराजित

ओलम्पिक महिला फुटबलः नेपाल भारतसँग पराजित

एजेन्सी, २३ चैत । म्यानमारमा जारी ओलम्पिक महिला फुटबल छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । आज भएको खेलमा नेपाल भारतसँग ३–१ गोल अन्तरले पराजित भयो ।

मण्डलारथिरी स्टेडियममा भारतलाई जित दिलाइन सन्जु, सन्ध्या र अशलता देवीले एक एक गोल गरे । नेपालकी कप्तान निरु थापाले एक गोल फर्काउनुभयो । भारतविरुद्ध पहिलो हाफमा १–१ गोलको बराबरी खेलेपनि नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो ।

भारतसँग पराजित भएसँगै समूह ‘बी’ को नेपाल दोस्रो चरणको छनोटबाटै बाहिरिएको छ । नेपालले दुई खेलमा अंक जोड्न सकेको छैन । अब नेपालले मंगलबार अन्तिम खेलमा इन्डोनेसियासँग खेल्ने छन् ।