काठमाडौं, २३ चैत । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।
आज दिउँसो १ बजे बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको हो । बैठकका लागि नेताहरु पार्टी कार्यालय सानेपा पुगेका थिए । तर, अन्तिम समयमा आएर बैठक स्थगित भएको सूचना दिइएको थियो ।
नेताहरुका अनुसार पार्टी सभापति शेरबहादुर देउवा क्षेत्रीय भेला उद्घाटन गर्न पोखरा पुगेका पुग्नुभएको छ । पार्टीको केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको केन्द्रीय कार्य समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको हो।
काँग्रेस केन्द्रीय कार्य समिति बैठकले अनुशासन समिति, निर्वाचन समिति यस अघि नै गठन गरिसकेको छ।