वैशाख १ गतेसम्म कास्कीको हेम्जामा आलु महोत्सव

वैशाख १ गतेसम्म कास्कीको हेम्जामा आलु महोत्सव

तस्विर: रासस

कास्की । पोखरा महानगरपालिका–२५ हेम्जामा शुक्रबारदेखि १० औँ संस्करणको आलु महोत्सव शुरु भएको छ ।

‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ’ भन्ने नाराका साथ स्थानीय विष्णुपादुका क्लबको आयोजनामा शुरु महोत्सव वैशाख १ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवको आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता, राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता लगाएतका कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत रहेको छ ।